काठमाडौं । कोका-कोलाले नेपालमा ‘द लार्जेस्ट मोमो पार्टी’ का लागि गिनिज वल्र्ड रेकर्डको ऐतिहासिक उपलब्धि कायम गरेको छ । शुक्रबार हायात रिजेन्सी ग्राउण्डमा ‘काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करणको एउटा भागका रूपमा ‘द लार्जेस्ट मोमो पार्टी’मार्फत् नयाँ गिनिज वल्र्ड रेकर्ड कायम गर्दै अविस्मरणीय अनुभव सिर्जना गरी कोका-कोलाले इतिहास रचेको हो ।
कोका-कोलाले पाँच सयभन्दा बढी उत्साही सहभागीका साथ कार्यक्रम सम्पन्न गरेको जनाएको छ । प्रत्येक सहभागीलाई दुर्ई सय ५० एमएल कोकको बोतलसहित दुर्ईवटा मोमो खान दिइएको थियोे । खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न एकजना समर्पित फुड हाइजिन इन्स्पेक्टर र दुर्ईजना साक्षीसमेतको व्यवस्था गरिएको थियो । कोका-कोलाले नेपालमा कोक र स्थानीय परिकारको अवधारणा आत्मसात गर्न विगत नौ वर्षदेखि मोमो उत्सव सञ्चालन गर्दै आएको छ । कम्पनीले नेपालमा आफ्नो ५० वर्ष मनाउँदै गर्दा गिनिज वल्र्ड रेकर्ड उपाधिले कोका-कोलाको सांस्कृतिक एकता र मनोरञ्जन प्रदान गर्ने आफ्नो विरासत कायम गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच