
ललितपुर । ललितपुर महानगरपालिकाले बुधबारदेखि पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण (स्क्रिनिङ) सेवा सुचारु गरेको छ । गत वर्षदेखि नै आफ्नै साधन स्रोत परिचालन गरी ३० देखि ६० वर्ष उमेर समूहका १३ सय महिलाको एचपिभी एनडिय विधिबाट आठवटा वडामा प्रारम्भिक परीक्षण तथा उपचारको पहल गर्दै आएको ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ मा थप २९ वटै वडामा सेवा प्रदान गर्ने भएको हो ।
जनचेतना र स्क्रिनिङ साथै उपचार गर्नुपर्ने अवस्थाका महिलालाई नेपाल क्यान्सर केयर फाउण्डेसनको प्राविधिक सहयोगमा महानगरपालिकाले निःशुल्क उपचार सेवासमेत प्रदान गर्ने भएको छ । पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण तथा उपचार सबैको पहुँचमा पु¥याई जनचेतना बढाउने उद्देश्यले परीक्षणको सुरुवात गरिएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो ।
नेपाल क्यान्सर केयर फाउण्डेसनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण (स्क्रिनिङ) गर्न संसारभरिमै हाल उपलब्ध विभिन्न विधिहरू जस्तै पाप स्मेयर, भिआइएभन्दा एभपिभी डिएनए विधि सबैभन्दा प्रभावकारी विधि हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच