कालीकोट । कर्णाली प्रदेशका हिमाली जिल्लामा समेत औलो रोग देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला जोडिएपछि रोगको प्रभाव ती जिल्लामा देखिन थालेको जनाइएको छ ।
विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा कार्यालय कालीकोटले गरेको अन्तरक्रिया कार्यक्रममा विगतमा तराईमा देखिने औलो रोग अचेल हिमालसम्म पुगेको तथ्याङ्क सार्वजनिक गरिएको हो ।
अन्तरक्रियामा औलो रोगको अवस्थासम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै स्वास्थ्य सेवा कार्यालय कालीकोटका सुपरभाइजर कृष्णकुमार बिष्टले कालीकोटको खाँडाचक्र नगरपालिका–२ औलो रोगको उच्च जोखिममा रहेको बताउनुभयो ।
सुपरभाइजर बिष्टका अनुसार गत वर्ष कालीकोटमा औलो रोगका दुईजना बिरामी भेटिएको र यो वर्ष हालसम्म कुनै पनि औलो रोगका बिरामी नभेटिएको उहाँले बताउनु भयो ।
‘औलो विरुद्ध लडाइलाई तिब्रता दिऔं, समतामुलक पहुँचको सिर्जना गरौं’ भन्ने मूल नाराका साथ जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजनामा जिल्लास्थित विभिन्न सञ्चारमाध्यमा कार्यरत पत्रकारका साथै महिला स्वयमसेवीकाहरुको उपस्थितमा कार्यक्रमको आयोजना गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले औलोे लामखुट्टेको टोकाइबाट सर्ने भएकाले यसको नियन्त्रणका लागी वातावरण सरसफाईसँगै अन्य देशबाट स्वदेश फर्केकाहरूसँग विशेष ख्याल गर्न आग्रह गर्नुभयो । दोस्रो स्थानबाट आएको भन्दा स्थानीय स्तरमै फैलिने सङ्क्रमणलाई जोखिम मान्ने गरिएको जनस्वास्थ्य अधिकृत महतको भनाइ छ ।
महतका अनुसार जिल्लामा गतवर्ष एकदुई जना बिरामी भएकाहरुमा यो रोग देखिएपनि पछिल्लो वर्षको तुलनामा कसैलाइपनि यो रोग संक्रमण नभएको जानकारी दिनुभयो । समुदाय र पालिकास्तरमा भएका स्वयमसेवीकाहरुले यो रोगका बारेमा गाउँ समाजमा सचेतना फैलाउँदै गएका कारण पनि कालीकोटमा त्यति धेरैं जोखिम नरहेको बताउनुभयो । तर सबैले स्वास्थ्यका मापदण्ड प्रयोग गरेर र संक्रमण हुनबाट जोगिन आग्रह गर्नभयो ।
तापक्रम वृद्धिकै कारण तराईका विभिन्न माध्यमबाट लामखुट्टे हिमाली क्षेत्रमा पुगेर त्यहाँको फोहर, खाल्डाखुल्डीमा वृद्धि हुन थालेको छ । सामान्य तया ज्वरो आउनु, पसिना बग्नु, टाउको दुख्नु, लगायतका लक्षण देखिएको खण्डमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन मेडिकल अधिकृत डा.चन्द्रा शाहले सुझाव दिनुभएको छ ।
सडक यातायातका साथै जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रमा समेत लामखुट्टे देखिन थालेपछि मलेरिया फैलिन थालेको सरोकारवालको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच