काठमाडौं । नेपालको तेक्वान्दो टिमले जापानमा हुने २०औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा सहभागिता जनाउने भएको छ । जापान वाटाको आयोजनामा हुने सो प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहनेछ ।
नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले २४ देशको सहभागिता रहने सो प्रतियोगितामा खेल्न १५ सदस्यीय नेपाली तेक्वान्दो टिम बिहीबार जापान प्रस्थान गर्ने जानकारी दिनुभएको छ । सो प्रतियोगितामा साग स्वर्णधारी वीरबहादुर महराले ७४ केजीमुनि, श्रीकृष्ण खड्काले ८७ केजीमुनि, निरज देउवाले ८७ केजीमाथि, चन्द्रबहादुर राना मगरले ५८ केजीमुनि र धनबहादुर तामाङले ६८ केजीमुनि प्रतिस्पर्धा गर्नुहुनेछ ।
यसैगरी टार्जन कायात मगर र युकेश थापा मगरले पुम्से अण्डर ३० मा आ–आफ्नो चुनौती पेश गर्नुहुनेछ । महिलातर्फ सुष्मा श्रेष्ठले यू ६२ र सानी राना मगरले यू–७३ मा खेल्नुहुनेछ । भजिन्द्रबहादुर क्षेत्री पुरुष र विद्या राई महिला प्रशिक्षकको जिम्मेवारीमा रहनुभएको छ । महेश्वर फुयालको नेतृत्वमा रहेको सो तेक्वान्दो टोलीमा टिम म्यानेजरमा रविन कोइराला र अफिसियलमा घनश्याम गौतम हुनुहुन्छ । सो प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्न खड्का पनि नेपाली तेक्वान्दो टिमसँगै जापान जानुहुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच