इलाम । इलाम क्षेत्र नम्वर २ मा भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतगणना गर्न बोलाइएको सर्वदलिय बैठक सुरु भएको छ । बिहान ७ बजेका लागि बोलाइएको बैठक करीब एक घण्टा ढिलो गरि सुरु भएको हो ।
बैठकपछि हिजो भएको उपनिर्वाचनको मतगणना सुरु गरिने छ । यसअघि हिजो राति ११ बजेबाट नै मतगणना गर्ने भनिए पनि मतदान स्थलबाट मतपेटिका गणनास्थलमा लैजान ढिलाइ भएपछि आज बिहान सुरु गर्न लागिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
मतगणना इलाम नगरपालिकास्थित सिटी हलको (गौतम बुद्ध सभागृह) मा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतगणनाका लागि शनिबारै सभागृहको हलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ।सिटीहलको एउटा कोठामा तारजाली लगाएर गणक मात्र भित्र बस्न मिल्ने र प्रतिनिधि बाहिरै बस्ने गरी गणनास्थल तयार गरिएको छ ।
इलाममा हिजो भएको निर्वाचनमा १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन् । यो समग्रमा ६० प्रतिशत हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच