बझाङ । बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सर्वदलीय बैठकले आचारसंहितामा तयार गरेसँगै मतगणना सुरु भएको हो । मत गणना छविसपाथिभेरा गाउँपालिकाबाट मगगणना सुरू भएको हो ।
मतगणना दुई ठाउँमा गर्ने तयारी भएको उहाँले बताउनुभयो । शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको थियो ।
सुरुवाती समयमा छविसपाथिभेरा गाउँपालिका १ र २ को मतगणना भइरहेको छ ।
शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९.१२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको थियो ।
यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यस्तै, शनिबार नै भएको इलाम २ प्रतिनिधि सभा निर्वाचनको दिउँसो १२ बजेदेखि मत गणना कार्य जारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच