काठमाडौं । महालक्ष्मी विकास बैंकले महोत्तरीका आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ । बैंककले महोत्तरीको मटिहानी नगरपालिका ६ मा आगलागीका कारण घरबारविहीन १५० घरपरिवारका करिब पाँच सय ४५ जनाका लागि राहत सामग्री वितरण गरेको हो ।
बैंकले राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रही दुई लाख ५० हजार रुपैयाँ बराबरको सात सय ५० केजी आटा, सात सय ५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, एक सय ५० प्याकेट नुन, चार सय ५० वटा नुहाउने र लुगा धुने साबुन र एक सय ५० कार्टुन चाउचाउलगायतका खाद्यान्न सहयोग गरेको बैंकले जनाएको छ ।
मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल र बैंकको मधेश प्रादेशिक कार्यालयका प्रमुख सुदिपचन्द्र पोखरेलले जनकपुर शाखाका कर्मचारीको सहभागितामा पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको बैंकले जनाएको छ । बुधबार मटिहानीमा लागेको उक्त आगोले सयभन्दा बढी घर पूर्णरूपमा जलेर खरानी भएका छन् भने ५० जति अन्य घरमा क्षति पुगी १५ करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच