
भोजपुर । भोजपुरको दक्षिणमा रहेको आमचोक गाउँपालिकाको केन्द्र बालंखाबाट मैयुटार जाँदै गरेको बोलेरो दुर्घटना भएको छ ।
१४ जना यात्रु बोकेर गएको बुलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य गम्भीर घाइतेलाई थप उपचारका लागि धरान पठाइएको छ ।
सोमवार बिहान बांलखाबाट हिँडेको को १ ज २६१७ नम्बरको बुलेरो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र अर्का एकको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक राईका अनुसार आमचोक गाउँपालिका वडा नम्वर १० निवासी २७ बर्षिया रुना राईको घटनास्थलमा नै मृत्यु भएको हो भने उपचारका लागि लगिएको ३६ बर्षिय शान्ति राईको पनि मृत्यु भएको छ ।
घटनाका बिषयमा थप बिवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो । बोलेरो दुधकोशी नदी किनारमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच