
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने हुुनुभएकोछ ।
मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति भएको हो ।
बैठकमा सहभागी माओवादी केन्द्र प्रदेश संसदीय दलका एक नेताले प्रदेश सभामा २१ गते विश्वासको मत लिने समझदारी भएको जानकारी दिए ।
उनकाअनुसार नागरिक उन्मुक्ति पार्टीलाई थप एउटा मन्त्रालय दिने सहमति पनि भएको छ ।
एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच