![सरकारले उत्पादन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्दैछ : प्रधानमन्त्री](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/pm-dahal.jpg)
काठमाडौं । मेरो अटो मोटर र्यालीको चौथो संस्करण वैशाख २१ र २२ गते आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले विगत चार वर्षदेखि आयोजना गर्दै आएको र्याली यस वर्ष काठमाडौंदेखि चितवनको सौराहसम्म हुने आयोजकले जनाएको छ । र्यालीको फ्यागअफ नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले गर्ने बताइएको छ । आयोजकका अनुसार शुक्रबार बिहान ८ बजे ललितपुरको कुपण्डोलबाट सुरु हुने र्याली बल्खु, दक्षिणकाली, सिस्नेरी, हेटौंडा हुँदै सौराहको होटल मोनालिसामा पुग्नेछ । शनिबार सौराहमा एक कार्यक्रमबीच र्याली समापन गरिनेछ ।
¥यालीमा ५० बढी कारमा अटोमोबाइल, बैंकिङ, इन्स्योरेन्सलगायत विभिन्न क्षेत्रका सयभन्दा बढी व्यक्ति सहभागी हुनेछन् । ¥यालीका संयोजक उज्ज्वल घिमिरेले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, सडक सुरक्षासम्बन्धी सचेतना बढाउने, अटो क्षेत्रको व्यावसायिक नेटवर्क विस्तार गर्ने उद्देश्यले ¥याली आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, हाइवे ड्राइभिङबारे सचेतना जगाउने उद्देश्यले हामीले विगत चार वर्षदेखि मेरो अटो मोटर र्याली आयोजना गर्दै आएका छौँ । यस वर्ष पनि हामीले त्यसैलाई निरन्तरता दिएका हौँ ।’
र्यालीको प्रायोजकमा साइमेक्स इंक (बिवाइडी), लक्ष्मी इन्टरकन्टिनेन्टल (हुण्डाई) र पारामाउन्ट मोटर्स (एमजी) रहेका छन् । त्यस्तै, सहयोगीमा टाटा टियागो इभी, सिजी मोटर्स, दिपल, ग्लोबल आइएमई बैंक, ओमोडा, फेसियल हाउस, टोयोटा, मेगा बिजनेस ग्रुप रहेका आयोजकले जनाएको छ । मेरो अटोले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष वैशाखमा मोटर र्याली आयोजना गर्दै आएको छ ।
र्यालीको हस्पिटालिटी पार्टनर होटल मोनालिसा सौराहले ¥यालीमा सहभागीलाई सत्कार गर्न आफू उत्साहित रहेको जनाएको छ । होटलका ग्रुप जनरल म्यानेजर कुमार कोइरालाले पर्यटकीय नगरी सौराहमा र्याली गर्न लागेको भन्दै आयोजकलाई धन्यवाद दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच