कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

सिरहा । आफ्नै बुवा ५१ वर्षीय चन्दर यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका-१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भन्ने जितेन्द्र यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जितेन्द्रले घरायसी वादविवादको कारण मंगलबार राति कुटपिट गर्दा गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्‍त हुनासाथ इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते चन्दरको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

यसैगरी उदयपुर कटारी नगरपालिका-६ धप्पर बस्ने सिन्धुली दुधौली नगरपालिका-७ कटहरे घर भएका ६५ वर्षीय बल बहादुर परियारको कुटपिट गरी हत्या गरेको अभियोगमा कटारी नगरपालिका-६ धप्पर बस्ने ३५ वर्षीय केसर बहादुर परियारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । केसर बहादुरले सोमबार साँझ दाउराले हान्दा गम्भीर घाइते भएका बल बहादुरको कटारी अस्पताल हुँदै ब्लु क्रस अस्पताल त्रिपुरेश्वर काठमाडौंमा थप उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?