काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित चार दिने नमुना युवा संसद अभ्यास तथा नमुना गाउँ सभा अभ्यास एवम् प्रशिक्षण कार्यक्रम शुक्रवारबाट सुरु भएको छ ।
‘समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ युवाको हक हितको संरक्षण र सम्बद्र्धन गरी समुन्नत आँबुखैरेनी तथा समुन्नत मुलुक निर्माण गर्ने उद्देश्य अनुरुप प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष चुमानले सक्षम नागरिक तयार गर्ने, आँबुखैरेनीको विकासको लागि युवाहरुलाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै सार्थक सहभागिता सुनिश्चित गरी गाउँपालिकालाई आधुनिक, न्यायपूर्ण र समृद्ध बनाउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
प्रमुख अतिथि उपाध्यक्ष बस्नेतले राष्ट्रिय युवा परिषद्को सशर्ततर्फको कार्यक्रम अन्तर्गत यस गाउँपालिकामा पनि कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उहाँले यस प्रशिक्षणले युवाहरुमा उद्यमशीलता विकासमा थप सहयोग पुग्ने अपेक्षा राख्नुभयाे ।
कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाइका निमित्त इकाइ प्रमुख विश्व प्रकाश रेग्मी, राष्ट्रिय युवा परिषद्का पूर्व प्रमुख प्रशासकीय अधिकृत एवम् पूर्व जि.शि.अ. रमाकान्त शर्मा तथा अनुप घिमिरेको प्रशिक्षणमा शुभारम्भ गरिएको हो ।
चार दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा गाउँपालिकाका युवाहरुको सहभागीता रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच