![महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार, कार्यक्षमताका आधारमा दैनिक ज्याला](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/sip-talim-ktm-mahanagar.jpg)
काठमाडौं । आईसिसी टी-२० विश्वकपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई अमेरिकन दूतावासले बिदाइ गरेको छ । दूतावासले शुक्रबार एक कार्यक्रममा नेपाली टोलीलाई बिदाइ गरेको हो । १० वर्षपछि विश्वकप खेल्न लागेको नेपाली टोली शनिबार वेष्ट इण्डिज जानेछ ।
वेष्ट इण्डिज र अमेरिकामा हुने विश्वकप नौ स्थानमा ५५ खेल हुनेछ । कुल २८ दिन चल्ने विश्वकपमा २० टोलीले स्पर्धा गर्नेछन् । सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपालले सन् २०१४ पछि पहिलो पटक विश्वकप खेल्न लागेको हो । विश्वकप अघि नेपाली टोलीले वेष्ट इण्डिजमा अभ्यास गर्नेछ ।
विश्वकपमा नेपाल नेदरल्याण्स्, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेको समूह ‘डी’मा छ । समूहका शीर्ष दुई टोलीले सुपर ८ मा स्थान पक्का गर्नेछन् । सुपर ८ बाट चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । जुन १ देखि सुरु हुने विश्वपकपको फाइनल खेल जुन २९ मा हुनेछ ।
आफ्नो पहिलो खेलमा नेपालले जुन ४ मा नेदरल्याण्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । दोस्रो खेलमा जुन १२ मा श्रीलंकासँग खेल्नेछ । जुन १५ मा दक्षिण अफ्रिका र समूह चरणको अन्तिम खेलमा जुन १७ मा बंगलादेशसँग खेल्नेछ । नेपाल रहेको समूहका पाँच टोलीमध्य हालसम्म दक्षिण अफ्रिकाले मात्र टोली घोषणा गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच