काठमाडौं । चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० मा विशिष्ट गायिका ज्ञानु राणालाई दीर्घ साधना सम्मान अर्पण गरिने भएको छ । यही वैशाख २५ गते मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच सम्पन्न हुन गइरहेको अवार्ड समारोहमा उहाँलाई दीर्घ साधना सम्मानले विभूषित गर्न लागेको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउनुभयो ।
यस्तै, समारोहमा वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई पत्रकारिता रजत सम्मान, शान्तिप्रियलाई विशेष पत्रकारिता सम्मान र विनोद देवकोटालाई पत्रकारिता सम्मान अर्पण गरिने निर्णय भएको अवार्डका अध्यक्ष गणेश सुवेदीले बताउनुभयो ।
‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको चौथो संस्करणको यो अवार्डमा गीत संगीत विशेष सम्मानबाट जीवन शर्मा (सिक्किम) र चलचित्र विशेष सम्मानबाट अभिनेत्री रुश्मा राई (सिक्किम)लाई पनि सम्मान गरिने अध्यक्ष सुवेदीले जनाउनुभएको छ ।
वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको चौथो संस्करणका लागि आवेदन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच यसअघि सार्वजनिक गरिएको छ । अवार्डमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र भजन गीतलाई समावेश गरिएको छ ।
यसअघि दीर्घ साधना सम्मान वरिष्ठ संगीतकार राजु सिंह, गुरुदेव कामद र वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाहलार्ई प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच