उज्बेकिस्तान एसियन कपको क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। उज्बेकिस्तानले थाइल्याण्डलाई पराजित गर्दै एशियन कपको क्वाटर फाइनलमा पुगेको छ ।

मंगलबार सम्पन्न खेलमा उज्बेकिस्तानले थाइल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो । उज्बेकिस्तानको जितमा अजिजबेक टर्गनबोएभ र अब्बोसबेक फायजुल्लाएभले एक एक गोल गरेका थिए । त्यस्तै थाइल्याण्डका लागि एक गोल सुपाचोक साराचाटले गरेका थिए ।

यो जितसँगै उज्बेकिस्तान क्वाटरफाइनलमा पुगेको छ र अब क्वाटरफाइनलमा उज्बेकिस्तानले आयोजक कतारको सामना गर्ने छ । त्यस्तै यो हारपछि थाइल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?