सामाजिक सद्‌भाव कायम राख्न धरानका मेयर हर्क साम्पाङको अपील

फाइल फोटो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले धरानवासीलाई आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि संयमित र संवेदनशील हुन अपिल गर्नुभएको छ ।

धरानमा केही दिनदेखि धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति संवेदनशील बनाइरहेको बताउँदै शुक्रबार उहाँले एक अपिल जारी गर्दै संयमित र संवेदनशील हुन आग्रह गर्नुभएको हो ।

‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधता बिचको एकता सामाजिक, सांस्कृतिक सदभावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो । समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकोले यस प्रकारको विविधताको नकारात्मकतालाई सकरात्मकतामा परिणत गर्न सयौँ थुँगा फुलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात गर्दै हाल देखिएको अशान्तिमय वातावरण सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुनेगरी आपसी सदभाव, भाइचारा र एकता’ कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा हार्दिक अपील गर्दछु,’ उहाँले भन्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?