काठमाडौं । नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको निधन भएको छ । किरणको ९४ वर्षको उमेरमा बिहीबार निधन भएको हो । किरण २००५ सालमा निजामती सेवामा प्रवेश गर्नुभएको थियो । पछि उहाँले निजामती कर्मचारी प्रशासनको माथिल्लो नेतृत्व सचिव पदमा पहिलो महिला सचिवको रूपमा रहेर सेवा गरर्नुभएको थियो ।
२०४१ सालमा शिक्षासचिव बन्नुभएकी किरणले विभिन्न मन्त्रालयको सचिवका रूपमा काम गर्नुभएको थियो । २०४६ सालमा सेवा निवृत्त हुनुभएकी किरण शिक्षासेवी र सामाजिक व्यक्तित्वको रूपमा समेत परिचित हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच