![राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताहरुको गृहमन्त्रीलाई आग्रह](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/rabi-lamichhane-2.jpg)
मुगु । विकास र भाैगाेलिक दृष्टिकोणले अति बिकट मानिने मुगुकाे सदरमुकाम गमगढी भन्दा पुर्वी करान भेगका बस्तीहरूमा ब्यवस्थित रूपमा विद्युत सेवा उपलब्ध रहेकाे पाईएकाे छ ।
सदरमुकाम गमगढी बजार लगायत आसपासका गाउँहरूमा केन्द्रिय प्रसारण लाइनको विद्युत जोडिएको भएपनि अघाेषित रूपमा लाेडसेडिङ् हुँदै गर्दा जिल्लाको विकट क्षेत्र मानिने मुगुम कार्मारोङ्ग गाउपालिका गाउँ बस्तीहरूमा भने नियमित विद्युत आपुर्ती हुने गरेको छ ।
केही बर्ष अघि मुगुम् कार्माराेङ् गाउँपालिका वडा नं ५ लादेगाड र साेही गाउँपालिका वडा नं ६ रिउस बगरमामा कादुरी नामक एक बेलायती अन्तराष्ट्रिय गैरसरकारी संस्थाले स्थानिय बासीहरूकाे सहभागितामा करिब १५ कराेड भन्दा बढी रकमकाे लगानी गरेकाे थियो ।
दुई वटै खोलाबाट उत्पादित विधुतले करानका १२ वटा बस्ती समेटिएका छन् भने दाेल्फु बाहेक पाँपु, छाईल, चिमाँत र मुगु गाउँमा पेल्ट्रिक सेट जडान गरिएका छन् ।
हाल करान भेगका १७ वटा बस्ती मध्ये १६ गाउँ, बस्तीका साढे १३ सय घरधुरी बिद्युतकाे पहुँचमा रहेको मुगुम् कार्माराेङ्ग गाउँपालिकाका सुचना प्रविधी अधिकृत साेबिन्द्र बहादुर मल्लले बताउनु भएकाे छ ।
भाैगाेलिक तथा मानविय सुचकाङ्कमा जिल्ला कै पछि रहेकाे कार्माराेङ्का बिकट बस्तीहरूमा बिद्युतकाे पहुँचले लामा समुदायका मानिसहरूलाई निकै राहत मिलेकाे छ । लादेगाड र रिउस बगरमा निर्माण भएका दुईवटै विद्युत याेजनामा १ सय किलाे वाटका दरले जम्मा २ सय किलाे वाट विद्युतउत्पादन क्षमता रहेकाे छ । अत्यन्तै ब्यबस्थित तरीकाबाट बनाईएका दुई वटै बिद्युत याेजनाहरूबाट गाउँ बस्तीमा काठकाे काम, धान कुट्ने , पिठाे पिस्ने र तेल पेल्न समेत सहज भएकाे मुगुम् कार्माराेङ् गाउँपालिकाका अध्यक्ष छिरिङ् क्याप्ने लामाले बताउनु भयाे। उहाँले भन्नुभयाे " जिल्लाका अन्य विद्युत याेजना आयाेजना भन्दा अत्यन्तै ब्यबस्थित छ पाेल, गाड्नेदेखि लिएर लाइन बिस्तार , पावर हाउस निर्माण लगायत सबै काम चिटिक्क र गुणस्तर तवरले निर्माण भएकाे छ । शनिवार बाहेक अन्य दिनहरुमा निरन्तर विद्युत उपलब्ध हुने गरेको छ । 'यस्तै नमुना याेग्य काम सबै तिर भैदिए देश विकास हुन समय लाग्ने थिएन ' पालिका अध्यक्ष लामाले भन्नुभयाे, भौतिक संरचना र सेवा कस्ता गुणस्तर हुन्छन् त्यो कादुरीको कामबाट सबैले सिक्नु पर्ने अध्यक्ष लामा बताउनु हुन्छ ।
पुर्खाैदेखि झराेकाे दियालाे बाल्दै आएका लामा समुदायका मानिसहरूलाई २- ३ वर्ष यता बिद्युतले ठुलाे राहत मिलेकाे छ । आफ्नाे धर्म र संस्कृतिप्रति अत्यन्तै बिश्वास राख्ने लामा समुदायमा राति पुजाआजा र अन्य घर भित्रकाे काममा महिलाहरू बढी खटिनु पर्ने भएकाले रातकाे काममा धेरै सहज भएकाे वडा नं ७ मह गाउँ निवासी छेयाङ्जुम् लामाले बताउनु भयाे । उहाँले भन्नुभयाे, 'पुराना दुख्खका दिन गए अब के के हेर्न पाईने हाे ? प्रतिक्षामा छौँ ।'
'गाउँमा बिद्युतले धेरै राम्राे भएकाे छ। बच्चालाई रातिकाे समयमा पढाइ लेखाईदेखि घर भित्र गरिने काममा अत्यन्तै सजिलाे छ । माेवाईल चार्जदेखि लिएर टिभी हेर्न समेत पाईएकाे छ', वडा नं ७ मह गाउँ कै पात्मा नुर्बु लामाले भन्नुभयो ।
मुगुम् कार्माराेङ्का जम्मा १४ सय घरधुरी र १७ बस्ती मध्ये दाेल्फु गाउँ भाैगाेलिक हिसाबले अन्य बस्ती भन्दा अलि टाढा भएकाले बिद्युत बिस्तार हुन सकिएकाे छैन । हाल दाेल्फु गाउँमा साेलार बत्तीले त्यहाँका स्थानियले काम चलाउनु परेकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच