कालीकोट । कर्णाली प्रदेश सरकारले गरीब तथा विपन्न परिवारका लागि दिएको अनुदान रकम सम्पन्न परिवारले लिएको पाइएको छ ।
कर्णाली प्रदेश सभा सदस्य एवं कालीकोट जिल्ला निर्वाचन क्षेत्र (ख) का सांसद् हिक्मतबहादुर बिष्टको सिफारिसमा सरकारले दिएको अनुदान रकम विपन्नले नभई सम्पन्न परिवारका सदस्यले लिएको पाइएको हो ।
कालीकोटका गरीब विपन्न नागरिकले आफ्नो आर्थिक अवस्था सुधार गर्नका लागि दिइँदै आएको अनुदानमा सम्पन्न परिवारको हालिमुहाली भएको छ । ३ महिनादेखि ६ महिनासम्म खान पुग्ने नागरिकका लागि प्रदेश सरकारले अनुदान दिँदै आएको छ । कार्यविधिमा भनिए बमोजिम अनुदान वितरण गर्नुपर्ने भएपनि माननीयले आफ्नो मनोमानी तरिकाले रकम वितरण गर्नुभएको छ ।
जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतका अनुसार जनप्रतिनिधिले सिफारिस गरेपछि कार्यालयले अनुदान रकमका लागि सम्झौता गर्ने भएकाले प्रदेश सभा सदस्य हिक्मत बिष्टको सिफारिसमा नरहरिनाथ गाउँपालिका वडा नं. ५ का पूर्व वडाध्यक्ष गगनबहादुर फडेरा (सिर्जन) का सहोदर दाइ प्रेम फडेरालाई दिइएको छ ।
विपन्न लक्षित वर्ग विशेष कार्यक्रम सञ्चालन समिति गठन गरि सिमी खेतीका लागि उक्त अनुदान रकम सम्पन्न परिवारलाई दिइएको पाइएको हो । माननीयको सिफारिसमा विपन्नको अनुदान पाएका प्रेम फडेरा आफैँमा सम्पन्न परिवारको सदस्य हुनुहुन्छ ।
यसरी विपन्नलाई आएको अनुदान रकम सम्पन्न परिवारले पाएपछि वास्तविक विपन्न परिवार ओझेलमा परेका छन् । पावर र पहुँचको आधारमा गरीब तथा विपन्नका लागि आएको अनुदान रकम सम्पन्नले पाउनु नितान्त गलत भएको स्थानीयको भनाइ छ ।
माननीयको सिफारिसा सम्पन्न परिवारका सदस्यले अनुदान रकम पाएपछि उक्त गरीब विपन्नको रकम विपन्न परिवारलाईनै दिइने वातावरण मिलाइदिन जिल्लास्थित पत्रकारहरुले कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपाली समक्ष ध्यानाकर्षपत्र बुझाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच