रुपन्देही । लुम्बिनी प्रदेशकी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीले तिलोत्तमाको शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनबाटिका ) लुम्बिनी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य बन्दै गएको बताउनु भयो ।
वनबाटिकाले मन्त्री अधिकारीको सम्मानमा आयोजना गरेको कार्यक्रममा उहाँले पुर्व पश्चिम र सिद्धार्थ दुईवटै राजमार्गबाट नजिक, समथर र फराकिलो हरियालीयुक्त ठाउंमा प्रशस्त पुर्वाधारहरु बनेकाले वनबाटिका प्रदेशकै नमूना पर्यटकीय स्थल बनेको बताउनु भयो ।
वनबाटिकालाई महिला, बालबालिका र जेष्ठ नागरिकमैत्री बनाउँदै थप आकर्षक र सुविधासम्पन्न बनाउन आवश्यक बजेट व्यवस्था गर्न आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । आफ्नो मन्त्रालय ५ वटा महाशाखा भएको सामाजिक विकास मन्त्रालय फुटालेर एउटा मात्र महाशाखासहितको मन्त्रालय भएकाले निकै कम बजेट हुने हुँदा अन्य मन्त्रालयसँग समन्वय गरेर भएपनि वजेटका लागि पहल गर्ने बताउनु भयो ।
आफू सांसद मात्र हुँदा पनि पाएको बजेटको केही अंश वनबाटिकालाई पारेको स्मरण गर्दै मन्त्री अधिकारीले सामुदायिक वन र अन्य संघ संस्थासँग समन्वय गरेर अघि बढ्न सुझाव दिनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष बेलप्रसाद शर्माले संस्थाकी सदस्य रहेकी व्यक्तित्व विद्यार्थी राजनीतिदेखि संघर्ष गर्दै सांसद र मन्त्री पदसम्म पुगेकोमा संस्था गौरवान्वित भएको उल्लेख गर्दै वनवाटिका भित्र एक लाख लिटर क्षमताको खानेपानी ओभरहेड ट्यांकी, बाबुराम स्मृति पार्क र सडकका लागि बजेट आवश्यक भएकाले सहयोगको आग्रह गर्नुभयोे ।
संस्थाका उपाध्यक्ष खिमलाल पाण्डेले मन्त्री अधिकारीको सहयोगले यसअघि पनि विभिन्न काम भएको चर्चा गर्दै आगामी वजेटमा पनि सक्दो धेरै वजेट व्यवस्था गरिदिन माग गर्नु भयो । कार्यक्रममा मन्त्री अधिकारीलाई दोसल्ला,कदरपत्रले सम्मान गरिएको थियो । यस्तै उमेर हदका कारण अवकास पाएका कर्मचारी शेरबहादुर गुरुङलाई ५४ हजार रुपैया नगद सहित विदाई गरिएको र नवनियुक्त व्यवस्थापक राजेन्द्र कंडेल र लेखापाल महेन्द्र बस्नेतलाई स्वागत गरिएको संस्थाका सचिव फर्शुराम भण्डारीले जानकारी गराउनु भयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच