![हानको सुदूरपश्चिम प्रदेश समिति गठन](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Sudur.jpg-hotel-sangh-sudur.jpg)
काठमाडौं । पठाओले सञ्चालन गरेको दोस्रो ‘पठाओ फुड फेस्ट २०२४’ दुई लाख ६० हजारभन्दा बढी अर्डर डेलिभरी गर्दै सम्पन्न भएको छ । चैत अन्तिम हप्तादेखि वैशाख २१ दिनसम्म सञ्चालन भएको फेस्टको बम्पर प्राइजमा भाग्यशाली विजेता सन्ध्या कार्की आइफोन १५ जित्न सफल हुनुभएको छ । पठाओले साप्ताहिक तथा बम्पर विजेता छनोट फेस्टको समयमा धेरै अर्डर गर्ने ग्राहकमध्येबाट चयन गरेको हो ।
त्यस्तै शीर्ष दुई पठाओ हिरो गंगाबहादुर राई र वीरेन्द्रबहादुर सिंहले उपहारका साथै प्यांक बाइक्सतर्फबाट एक/एकवटा साइकल जित्नुभएको छ । फुड फेस्टमा मिहिनेत गर्ने शीर्ष ३८ पठाओ हिरोलाई कम्पनीले मजदुर दिवसका अवसरमा पुरस्कृत गरेको थियो ।
कम्पनीले यसअघि सञ्चालन गरेका अन्य क्याम्पेनका तुलनामा यसपटक रेस्टुराँमा अर्डर लिनेको संख्या उल्लेख्य रहेको कम्पनीकी मार्केटिङ हेड सुरक्षा हमालले बताउनुभएको छ । हमालका अनुसार पठाओ हिरोको मासिक कमाइ औसतमा ४० हजारसम्म हुने गरेकोमा फेस्ट अवधिमा भने ५० हजारसम्म कमाएका छन् ।
पठाओ हिरोहरूले स्मार्ट वाच, पावर बैंक, एयर बड्स, ज्याकेट तथा ट्राउजर, टिसर्ट, चस्माका साथै जिपलाइन भौचर, प्याराग्लाइडिङ भौचरलगायतका उपहार जितेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच