![फिदिम बजारका दुईवटा पाउरोटी उद्योगमा शिलबन्दी](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/silbandi.jpg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली काँग्रेस संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने कुरामा सकारात्मक देखिएको बताउनुभएको छ ।
मंगलवार सभामुख देवराज घिमिरेले दलका शिर्ष नेताहरुसँग गर्नुभएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक परियारले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस सहज तरिकाले बोल्न दिनुपर्छ भन्ने ठाउँमा पुगेको बताउनु भयो । उहाँले कुनैपनि हिसावमा समिति बनाउन जरुरी नरहेको पार्टीको निस्कर्ष रहेको पनि बताउनु भयो । उहाँले व्यक्ति केन्द्रित भएर समितिको माग गर्नु तर्कसंगत नरहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अब संसदमा उपप्रधान तथा गृहमन्त्रीले बोल्ने कुरामा नेपाली काँग्रेसले सहज तरिकाले बोल्न दिनुपर्छ भन्ने ठाउँमा नेपाली काँग्रेस पुगेको छ । कुनै व्यक्तिलाई निषेध गर्नु हुँदैन । समितिको कुरा आज पनि हामीले छलफल गर्दा कुनैपनि हिसावमा समिति बनाउन जरुरी छैन भन्नेमा हामी छाँै । सरकारले प्रश्न उठेपछि सम्बोधन गर्नुपर्छ । गृहमन्त्रीज्युले सम्बोधन गर्नुहुनेछ । व्यक्ति केन्द्रित भएर समितिको माग तर्कसंगत छैन भन्नेकुरा काँग्रेसले बुझेको छ ।’
उहाँले आगामी संसदको बैठकमा गृहमन्त्रीले उक्ता विषयमा आफ्ना धारणा राख्ने पनि बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच