जकार्ता । इन्डोनेसियाले दक्षिणपूर्वी एसियाली देशलाई खानामा आत्मनिर्भर बनाउने उद्देश्यले कालिमान्टन टापुमा अमोनियम नाइट्रेट प्लान्टको स्थापना गरिएको छ । अमोनियम नाइट्रेट नामक रसायन मल र विष्फोटक पदार्थमा प्रयोग गरिन्छ ।
प्लान्टको उद्घाटन गर्दै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्लान्टको स्थापनाले इण्डोनेशियामा आयात हुँदै आएको अमोनियम नाइट्रेटको मागलाई आंशिक सम्बोधन गर्न सकिने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘प्लान्टको स्थापना देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने रहेको छ ।’ इन्डोनेशियाले आफ्नो प्रयोगका लागि करिब २१ प्रतिशत अमोनियम नाइट्रेट विदेशबाट आयात गर्छ ।
पूर्वी कालिमान्टन प्रान्तको बोन्टाङमा अवस्थित नयाँ प्लान्ट संयुक्त रूपमा देशका तीन राज्यका सरकारी कम्पनीहरू, पिटी पुपुक काल्टिम, पिटी दहाना र पिटी काल्टिम अमोनियम नाइट्रेटको स्वामित्वमा छ र यसको बार्षिक क्षमता ७५ हजार टन उत्पादन रहेको छ । रासस÷सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच