![नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र सूचना प्रविधि हो : मन्त्री शर्मा](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Rekha-Sharma-2.jpg)
हेटौंडा । पछिल्लो केही वर्षयता बैंकिङ्ग कसुर र ठगी सम्बन्धी घटना निकै बढेको छ । मकवानपुरमा पनि बैंकिङ्ग कसुर सम्बन्धी घटना वार्षिक रुपमा बढ्दै गएको मकवानपुर प्रहरीको तथ्यांक छ ।
चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा मकवानपुरमा १ सय ३३ वटा बैंकिङ्ग कसुर र १३ वटा ठगी सम्बन्धी मुद्धा दर्ता भएका छन् । गत आर्थिक बर्ष २०७९/८० को ७५ वटा बैंकिङ्ग कसुर र ५ वटा ठगीको मुद्धा प्रहरीमा दर्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, बैंकिङ्ग कसुर अन्तर्गत धेरै अपराधहरु पर्छन् । त्यस मध्यमा चेक अनादर, झुटा कागजपत्र पेश गरेर अथवा नक्कली कागजपत्र बैंकबाट कर्जा लिने जस्ता थुप्रै अपराध हुन्छन् । पछिल्लो समय खातामा पर्याप्त रकम नभई चेक काटेर कालो सूचीमा पर्नेको संख्या पनि बढ्दै गएको भण्डारीले बताउनुभयो ।
बैकिङ कसुरमा बढिजसो चेक नसाट्ने उजुरी आइरहेको प्रहरीले जनाएको छ । विभिन्न सामाजिक संजाल मार्फत ठगीका घटनाहरु पछिल्लो समय निकै बढ्दै गएको छ । व्यवहार मिलाउने क्रममा चेक काटिएका र नसाटिएका धेरै रहेको र तीमध्ये थोरै मात्र उजुरी परेको छ । व्यवहार मिलेसम्म दर्ता नगरेको र नमिलेको अवस्थामा मात्र उजुरी दर्ता गर्ने गरिएको प्रहरीको भनाइ छ ।
ह्वाट्सव, भाइवर लगायत विभिन्न सामाजिक संजाल मार्फत हुने ठगीबारे सचेतनामुलक कार्यक्रम गर्ने गरेको पनि प्रवक्ता भण्डारीले बताउनुभयो । मकवानपुरमा आर्थिक वर्ष ०७४/७५ मा बैकिङ कसुरका घटना एउटा र ठगी ३ वटा मात्र भएको थियो । बर्सेनी घना बढ्दै जाँदा सो संख्यामा वृद्धि भई आर्थिक वर्ष ०७५/७६ मा बैकिङ कसुरका १२ वटा र ठगी ४ वटा मुद्दा दर्ता भएको थियो । त्यसैगरी ०७६/७७ मा बैकिङका ६ र ठगीका २ वटा उजुरी रहेको थियो । ०७७/०७८ मा बैकिङ कसुरको १३ वटा उजुरी रहेको थियो । यस्तै ०७८/०७९ मा बैकिङ कसुर ३७ र ठगीको ०५ वटा मुद्दा दर्ता भएका थिए । संस्थागत र सहकारी ठगीको घटनाहरु समेत मकवानपुरमा पछिल्लो समय बढेको प्रहरीको भनाइ छ ।
बैकिङ कसुर सजाय ऐन २०६४ दफा ३ ग अनुसार आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिएको अवस्थामा दश लाख रुपैयाँसम्म बिगो भए एक वर्षसम्म कैद, दश लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म बिगो भए दुई वर्षदेखि तीन वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ ।
पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म बिगो भए तीन वर्षदेखि चार वर्षसम्म कैद, एक करोड रुपैयाँभन्दा बढी दश करोड रुपैयाँसम्म बिगो भए चार वर्षदेखि छ वर्षसम्म कैद, दश करोड रुपैयाँ भन्दा बढी पचास करोड रुपैयाँसम्म बिगो भए छ वर्षदेखि आठ वर्षसम्म कैद हुने ऐनमा व्यवस्था छ । पचास करोड रूपैयाँभन्दा बढी एक अर्ब रुपैयाँसम्म बिगो भए आठ वर्षदेखि दश वर्षसम्म कैद सजाय हुनसक्ने प्रावधान छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच