काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्रालिबीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सनराइज होल्डिङ्सको कर्पोरेट कार्यालयमा एक कार्यक्रमबीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सनराइजका कार्यकारी अध्यक्ष सुभाष अमात्यले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार एलएस क्यापिटलले सनराइजलाई कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने र प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) तर्फ लैजान आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नेछ । सन् २०१४ मा स्थापना भएको सनराइजको मुख्य उद्देश्य जलविद्युत्, यातायात, कृषि र पर्यटनजस्ता आवश्यकीय सरकारका प्राथमिक क्षेत्रमा रणनीतिकरूपमा लगानी गर्नु हो । कम्पनीको चुक्ता पुँजी ४२ करोड रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच