काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रही मधेश प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । देशको पहाडी भुभागको केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको साथै तराईका एक/दूई स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश , मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच