काठमाडौं । आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन । आज जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा चन्द्रागिरि नगरपालिका-६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ ।
आमा दिवङ्गत हुनेहरुले आज यस पवित्र स्थलमा स्नान गरेर पिण्डदान गर्दा आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास छ । आमा हुनेहरुले पनि आमालाई लिएर यस तीर्थको दर्शन गरे पुण्य प्राप्ति हुने बताइन्छ ।
भक्तजन अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै आज बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच