बार्यन म्युनिखलाई जर्मन बुन्डेस लिगाको उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बार्यन म्युनिखले जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ।

शनिबार राति भएको अन्तिम चरणको खेलमा डर्टुमन्ड माइन्जसँग २–२ गोलको बराबरीमा रोकिए पछि बार्यनले एफसी कोलनलाई २–१ ले पराजित गरेर च्याम्पियन बन्न सफल भएको हो । यससँगै म्युनिखले लगातार ११ औं पटक उपाधी हासिल गरेको हो ।

डर्टमुन्डलाई उपाधि जित्नका लागि लिगको अन्तिम खेल जित्नै पर्ने या म्युनिखले हार या बराबरीमा रोकिनु पर्ने अवस्था थियो तर डर्टमुन्ड आफू रोकिंदा बार्यनले बाजी मारेर उपाधीमा जीत हासिल गरेको हो । दुबै टिमले लिगको अन्तिम खेल ३४ मा समान ७१ अंक बनाए पनि गोल अन्तरमा शीर्ष स्थानमा रहँदै लगातार ११ औं पटक बार्यन म्युनिख च्याम्पियन बनेको बन्न पुगेको हो ।

शनिबार राति सम्पन्न खेलको आठौं मिनेटमा कोम्यानले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए। र, पहिलो हाफमा बार्यन १–० को अग्रता कायम गर्न सफल भयो ।

तर, सो खेलको ८१ औं मिनेटमा डेजानले गोल गर्दै कोल्नलाई १–१ गोलको बराबरीमा ल्याए पनि त्यो लामो समय टिक्न भने सकेनन, खेलको ८९ औं मिनेटमा जमल मुसिआलाले गोल गरे, जुन गोल नै बार्यनलाई उपाधी जित्नका लागि निर्णायक हुन पुग्यो । उनको सो गोलले बार्यनले यसअघि समान अंक भएको डर्टमुन्डलाई उछिन्दै उपाधी जिताउन सफल भयो ।

उता, डर्टमुन्डले भने घरेलु मैदानमा सुरुमा नै राम्रो प्रदर्शन गर्न सकेको थिएन । पहिलो हाफमा नै पाहुना टोली माइन्जसँग २ गोलले पछि परेर आफूलाई कमजोर प्रस्तोताको रुपमा उभ्याएको थियो ।

जसअनुसार सो खेलको १५ औ मिनेटमै हान्ची ओल्सेनले सुरुवाती गोल गरेका थिए भने २४ औं मिनेटमा ओनिसुवाले थप गोल गरे पछि डर्टमुन्ड पहिलो हाफमा नै २–० ले पछि पर्न गयो ।

दोस्रो हाफको ६९ औं मिनेटमा राफेल गुएरिरोले ६९ औ मिनेटमा गोल गरेर बदला लिने कोशिश भने गरे । त्यसमाथि इन्जुरी समयमा सुलेले बराबरी गोल फर्काउँदै टिमलाई एक अंक नदिलाएका होइनन तर अर्को खेलमा बार्यनको जितसँगै डर्टमुन्ड समान अंक भएपनि गोल अन्तरमा पछि रहँदा उपाधि जित्न असफल भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?