
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले जलवायु परिवर्तनबाट हुने असर न्युनिकरणका लागि सबै एक भएर लाग्नुपर्ने बताएको छ ।
बुधवार विश्व रेडक्रस दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले जलवायु परिवर्तनबाट हुने असर न्युनिकरणका लागि रेडक्रस सोसाइटी, राज्य र सम्बन्धित संघसंस्थाहरु एक भएर लाग्नुपर्ने बताउनु भयो ।
उहाँले अहिलेको आवश्यकता र अहिले गर्नुपर्ने मानवीय विपत्तिमा दखापरेका विभिन्न आरोह, अवरोहहरुलाई सबैले मिलेर समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले प्राकृतिक विपत्ति, मानव सिर्जित विपत्तिबाट भएको असर न्युनिकरणका लागि एकजुट हुन आवश्यक रहेको बताउनु भयो । जलवायु परिवर्तन र सबैखाले विपत्तिले मानिसको बसाईंसराई, स्वास्थ्य, जीवनयापनमा महत्वपूर्ण असर गरेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको या बदलिँदो राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति, अहिलेको आवश्यकता र अहिले गर्नुपर्ने मानवीय विपत्तिमा दखापरेका विभिन्न आरोह, अवरोहहरु चाहे त्यो प्राकृतिक होस्, मानव सिर्जित होस्, त्यसबाट विश्वका हामी जीवित प्राणिहरु कुनै न कुनै रुपमा हामीलाई असर पुगिरहेको छ । हामी सबैले त्यसलाई एकतावद्ध भएर कम गर्न लाग्नुपर्छ । रेडक्रसकर्मी, राज्य, स्थापित सबै संघसंस्थाहरु एकतावद्ध भइ त्यो अभियान पूरा गर्न क्रियाशिल छाँै । जलवायु परिवर्तनबाट परेका असरहरु, विपत्तिहरु भोगिरहेका छौँ । जलवायु परिवर्तन र सबैखाले विपत्तिले मानिसको बसाईंसराई, स्वास्थ्य, जीवनयापनमा महत्वपूर्ण असर गरेको छ । नेपाल रेडक्रस सोसाइटी विभिन्न अभियानमार्फत यसको न्युनिकरणमा लाग्नेछ ।’
हरेक वर्ष ८ मेमा विश्व रेडक्रस दिवस मनाउने गरिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच