
काठमाडौं । जिल्ला अदालत काठमाडौबाट बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेकाे न्यायको माग गर्दै स्वतन्त्र युवाहरुको समूहले माइतीघर मण्डलामा आन्दोलन गरेका छन् ।
क्रिकेटर सन्दीप लामिछानेकाे न्यायको माग गर्दै स्वतन्त्र युवाहरुको समूहले आज माइतीघर मण्डलामा दबाबमुलक कार्यक्रम आयोजना गरेकाे हाे ।
उनीहरूले सन्दीपलाई न्याय दे, स्वदेशमै गरिखान दे, उद्योगी, व्यापारी तथा आम नागरिकलाई बाँच्न दे जस्ता नारा लगाउँदै माइतीघर मण्डलाबाट थापाथलीसम्म र्याली समेत निकालेका थिए ।
काठमाडौँ जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय सुनाइएका क्रिकेटर लामिछाने उच्च अदालत गएका छन् । उनको मुद्दाको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ । उक्त फैसला उच्च अदालतले उल्टाउने आशा सन्दीप र उनका समर्थकले लिएका छन् । त्यतिमा होइन लामिछानेले आफू कानुनले नभइ अनुमान र एकतर्फी भनाइले दोषी भएको दाबी गर्दै आएका छन् ।
केही दिन अघि सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै सन्दीपले भनेका छन्, 'म यो घटनाको निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो ।’
सन्दीपले यो घटना घटेको नभएर घटाइएको जिकिर गरेका छन् । मुद्दाको सुनवाइमा भएको ढिलासुस्तीका कारण उनी आजित भएको उनका सामाजिक सञ्जालका अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।
जसका कारण अमेरिका र वेस्ट इन्डिजमा आगामी महिना सुरु हुने विश्वकपमा उनी सहभागी हुन नपाएकोमा उनी चिन्तित छन् । उच्चमा सन्दीपको मुद्दा सुनवाइ चार पटक स्थगित भइसकेको छ । विभिन्न कारण पटक पटक स्थगित भएको उनको मुद्दाको पेसी आउँदो जेठ १ गतेलाई तोकिएको छ ।
अदालतले समयमै फैसला गरेर सफाइ दिएमा सन्दीपले विश्वकप खेल्ने सम्भावना अझै जीवित छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच