‘नाचुँनाचुँ लाग्छ’ भन्दै अमिसा

Read Time = 1 min

काठमाडौं । अमिसा बजगाईंको स्वरमा रहेको गीत ‘नाचुँनाचुँ लाग्छ’ सार्वजनिक भएको छ । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त बालगीतको भिडियो सार्वजनिक गरिएको हो ।

संगीता घिमिरेको शब्द रहेको गीतमा राजेन्द्र बजगाईंको कम्पोज, एरेञ्ज र भिडियो निर्देशन छ । केशव विश्वकर्माको छायांकन, राजेश कुँवरको सम्पादन रहेको भिडियोमा जिन्सन खत्रीको मेकअप तथा गुरु मुखियाको ड्रोन रहेको छ ।

म्युजिक किचन स्टुडियो र मनोज परियारको मिक्सिङ मास्टरिङ रहेको भिडियो त्रिमूर्ति इन्टरटेनमेन्ट युट्युबमार्फत् सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै राजेन्द्रले छोटो समयमा राम्रो काम भएको बताउँदै ६ दिनमा अडियो भिडियो तयार गरिएको जानकारी गराउनुभयो । चरण बजगाईं, शीतल बजगाईंको प्रस्तुति रहेको यो भिडियो नेपाल घुम्न आउँदा बनाएको उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?