लिग टूको टिकट दर कायम

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । यसै वर्ष भारतमा आयोजना हुने एकदिवसीय विश्वकपको छनोटका रूपमा रहेको विश्वकप लिग टूअन्तर्गत आगामी साताबाट नेपालमा सुरु हुने त्रिदेशीय एकदिवसीय सिरिजको टिकट दर सार्वजनिक भएको छ ।

सिरिजका लागि दुई प्रकारका टिकटको व्यवस्था गरिएको छ । साधारणतर्फ बसेर हेर्ने दर्शकका लागि १ सय ५० को टिकटको व्यवस्था गरिएको छ । सिट सुविधासहितको टिकट दर भने ३५० तोकिएको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ ।

माई पेबाट टिकट लिन सकिने क्यानले बताएको छ । टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्नेछन् । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । जुन खेल फेब्रुअरी १४ मा हुनेछ । यस्तै, नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ ।

नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुनः खेल्नेछ । सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौँ स्थानमा रहेको छ ।

स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?