काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक पोर्न स्टारलाई पैसा दिएर चुप लाग्न आग्रह गरेको आरोप लागेको छ ।
यस मुद्धामा अमेरिकी अदालतमा सुनुवाइ भएको छ । यसै क्रममा पोर्न स्टार स्टर्मी डेनियलले आफ्नो बयान दिनुभएकाे छ । स्टर्मीले ट्रम्पलाई सन् २००६ मा भेटेको उनी ६० वर्षको उमेरमा भएको बताउनु भयाे। स्टर्मी त्यतिबेला २७ वर्षकी हुनुन्थ्याे ।
ट्रम्पले २०१६ को राष्ट्रपतीय चुनाव अघि मौन बस्न स्टर्मीलाई पैसा तिरेको आरोप छ । ट्रम्पका वकिलले पनि ट्रम्पको तर्फबाट पोर्न स्टारलाई १ लाख ३० हजार डलर दिएको स्वीकार गर्नुभएकाे थियाे । यसपछि त्यसको क्षतिपूर्ति दिन पूर्वराष्ट्रपतिले व्यापार अभिलेखमा सो रकम लुकाएको आरोप लागेको छ ।
५ घण्टासम्म चलेको अदालतको सुनुवाईमा स्टर्मीले सन् २००६ को सेलिब्रेटी गल्फ प्रतियोगितामा ट्रम्पले उनलाई होटलमा बोलाएको बताउनु भयाे । उहाँ आइपुग्दा ट्रम्प आफैंले ढोका खाेल्नुभएकाे बताइएकाे छ । कुराकानीका क्रममा दुवैबीच हानाहान भएको थियो ।
स्टर्मीले भन्नुभयाे, ‘जब मैले ट्रम्पलाई उनकी श्रीमतीको बारेमा सोधे, उनले मलाई भने कि उनीहरू अब एउटै कोठामा सुत्दैनन् ।ु कुराकानीकै क्रममा स्टर्मी बाथरुममा गइन् । यसपछि ट्रम्प आफ्नो कोठामा पुगे । उनीहरु टी–सर्ट र सर्टमा थिए । स्टर्मीले पनि कोठाबाट बाहिर निस्कन खोजे तर ट्रम्पले उनलाई रोके । त्यसपछि दुवैबीच शारीरिक सम्बन्ध बन्यो ।’
न्यूयोर्क टाइम्सका अनुसार, स्टर्मीले आफ्नो बयानको क्रममा प्रत्येक घटनालाई विस्तृत रूपमा वर्णन गर्नुभएकाे थियाे। यसैबीच न्यायाधीशले पटकपटक आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै उहाँलाई राेक्नुभएकाे थियाे। स्टर्मीको बयानमा ट्रम्पलाई गाली गरेको देखियो । स्टर्मीले ट्रम्पको अगाडि यो विषयलाई सम्बोधन गरेको यो पहिलो पटक थियो ।
पोर्न स्टारले यो सबै पैसाका लागि नभई डरका कारण गरेको बताउनु भयाे । अन्तमा, कोठाबाट बाहिर निस्किदा उनको हात काँपिरहेको थियो र उहाँले जुत्ता पनि लगाउन नसकेको बताउनुभयाे ।
स्टर्मी होटलबाट बाहिरिँदै गर्दा ट्रम्पले उहाँलाई छिट्टै भेट्न भनेकाे कुरा बयानमा उल्लेख छ । त्यो दिनपछि पनि दुवै सम्पर्कमा रहेको स्टर्मीले बताउनु भयाे। उहाँले आफ्नो फोन रेकर्ड पनि देखाएकी थिइन्, जसमा ट्रम्पको सहायकको फोनबाट स्टर्मीलाई धेरै पटक फोन गरिएको थियो ।
स्टर्मीले यसपछि सन् २००७ मा लस एन्जलसमा फेरि भेट भएको बताउनु भयाे । यसै क्रममा ट्रम्पले उहाँलाई फेरि शारीरिक सम्बन्ध राख्न आग्रह गरे तर स्टर्मीले बहाना बनाएर अस्वीकार गर्नुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच