काठमाडौँ । शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अनिश्चित बनेको छ । बैठक अघि तयारीका लागि बस्नुपर्ने कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेको छैन ।
कांग्रेसले बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न दिन सहमति नजनाएपछि बैठक सुचारु हुन सकेको छैन ।
सभामुख देवराज घिमिरेले बैठक सुचारु ढंगले अघि बढाउन दलका प्रमुख सचेतकहरूसँग संसद् भवन नयाँ बानेश्वरमा छलफल गर्नुभएको थियो । बैठक अघि बढाउनेबारे सहमति जुटेन । सभामुख देवराज घिमिरेले दलका सचेतकसँग २ चरणमा छलफल गरेपनि सहमति जुट्न सकिरहेको छैन ।
आज बस्ने बैठकमा दलीय आधारमा नेताहरूले सम्बोधन गर्ने क्रममा कांग्रेस मन्त्री लामिछानेलाई बोल्न दिने तर संसदीय छानबिन समिति नबनाएसम्म सदनको काम भने अगाडि बढाउन नदिने तयारीमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच