
डब्लिन । आयरल्याण्डले टी-२० अन्तर्राष्ट्रिय खेलमा पहिलोपटक पाकिस्तानलाई पराजित गर्दै इतिहास रचेको छ । डब्लिनमा भएको तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्डले पाकिस्तानलाई पाँच विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा १८२ रन बनाएको थियो ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले ५७ रनको इनिङ खेल्नुभयो । इफ्तिखार अहमदले १५ बलमा अविजित ३७ रन बनाउनुभयो ।
आयरल्याण्डका लागि क्रेग योङले चार ओभरमा २७ रन खर्चेर दुई विकेट लिनुभयो । लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डको सुरुवात राम्रो हुन सकेन र ४.१ ओभरमा उसले २७ रनमा दुई विकेट गुमाएको थियो । तर, एन्डी बालबर्नीले ५५ बलमा ७७ रन बनाएर आयरल्याण्डलाई जितनजिक पुर्याउनुभएको थियो ।
बालबर्नीको विकेट खसेपछि आयरल्याण्डको स्कोर १८.४ ओभरमा पाँच विकेट गुमाएर १६७ रन थियो । आयरल्याण्डलाई जितका लागि अन्तिम ओभरमा ११ रन आवश्यक थियो । आयरल्याण्डले एक बल बाँकी रहँदा १८३ रनको लक्ष्य पूरा गरेको थियो । सिरिजको दोस्रो खेल मे १२ आइतबार (आज) हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच