विराटनगर । औद्योगिक क्षेत्रमा कार्यरत जनशक्तिको विकास, क्षमता अभिवृद्धि र सृदुढीकरण, मर्यादित कार्यस्थल निर्माणमा सहयोग पुर्याउने उद्देश्यका साथ उद्योग संगठन मोरङको आयोजनामा मानव संसाधन सम्मेलन सुरु भएको छ । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र पूर्वाञ्चल विश्वविद्यालय(केयु)का उपकुलपति प्रा.डा. विजु थपलियाले सम्मेलन उद्घाटन गर्नुभयो । केयुका उपकुलपति प्रा.डा. थापाले औद्यागिक जनशक्ति विकासका लागि उद्योग र एकेडेमिया क्षेत्रको सहकार्यमा जोड दिनुभयो । अर्थतन्त्र चलायमान बनाउन र आर्थिक समृद्धि प्राप्त गर्न दक्ष जनशक्ति आवश्यक रहेको भन्दै उहाँले पाठ्यक्रम विकासका क्रममा विश्वविद्यालयहरूलाई निजी क्षेत्रको सुझाव आवश्यक हुने बताउनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयका प्रा.डा. बिजु थपलियाले अन्तर्राष्ट्रिय अनुभव र नेपालको आवश्यकता साथै वर्तमान अवस्थामा उपलब्ध जनशक्तिलाई ध्यानमा राखी आगामी मार्ग तय गर्नुपर्ने बताउनुभयो । दक्ष जनशक्ति उत्पादनका लागि पूर्वाञ्चल विश्वविद्यालय निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो ।
संगठनका अध्यक्ष राकेश सुरानाले नीति निर्माण तहमा बहस र पैरवी गर्दै आएको उद्योग संगठनको आयोजनामा भएको पहिलो सम्मेलनले स्थानीय उद्योग व्यवसाय क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गरी उत्पादकत्व अभिवृद्धि, औद्योगिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । वैदेशिक रोजगारीमात्र नभई स्वदेशकै उद्योग व्यवसाय क्षेत्रमा समेत सम्मानजनक काम गर्ने वातावरण तयार गर्न, रोजगारीका नयाँ अवसर सिर्जना गर्न संगठनले आफ्ना कार्यक्रमलाई रूपान्तरण र परिष्कृत गर्दै लैजान सम्मेलनको आयोजना गरेको बताउनुभयो ।
विभिन्न ११ सेसन रहेको सम्मेलनमा भारतका बहुराष्ट्रिय कम्पनीले मानव संसाधन विकास क्षेत्रमा गरेका प्रयास र अनुभव, प्रविधि विकासले मानव संसाधनको क्षेत्रमा पारेको प्रभाव, उपलब्धि र सदुपयोग साथै नेपालका प्रतिष्ठित कम्पनीले यस क्षेत्रमा गर्दै आएका प्रयासबारेमा छलफल हुने आयोजकले जनाएको छ ।
सुनसरी मोरङ औद्योगिक करिडोरस्थित विभिन्न उद्योग प्रतिष्ठानका सञ्चालक, व्यवस्थापक, मानव संसाधन प्रमुख, विभिन्न विश्वविद्यालयका प्राज्ञिक, विकास साझेदार संस्थाका प्रतिनिधिसमेत गरी सम्मेलनमा एक सय ५० जनाको सहभागिता रहेको दुर्ईदिने सम्मेलनमा भारतबाट बहुराष्ट्रिय कम्पनीका मानव संसाधन प्रमुखहरू, विकास साझेदार संस्था आइएलओ, स्वीस सरकार विकास सहयोग, जर्मन सहयोग, इन्स्योर हेल्भेटास, एनभिक्युएसलगायतका प्रतिनिधिले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच