आइसिसी टी-२० विश्वकपका लागि नेदरल्याण्ड्सको टोली घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

एजेन्सी । आइसिसी टी-२० विश्वकपका लागि नेदरल्याण्ड्सको टोली घोषणा भएको छ । सोमबार घोषणा गरेको डच टोलीमा बायाँ हाते स्पिनर टिम प्रिन्गल, काइल क्लेन र हार्ड हिटिङ ओपनर माइकल लेभिटलाई टोलीमा मुख्य स्थान दिइएको छ । अनुभवी अलराउण्डर राइलोफ भान डे मर्वे र मुख्य ब्याटर कोलिन एकरम्यान भने विश्वकप खेल्ने टोलीबाट बाहिर हुनुहुन्छ ।

गत फेबु्रअरीमा नेपालमा भएको टी-२० सिरिजमा नामिबियाविरुद्ध आक्रामक ब्याटिङ गर्नुभएका लेभिटले ६२ बलमा ११ चौका र १० छक्का प्रहार गर्दै १३५ रन बनाउनुभएको थियो ।

विकेटकिपर ब्याटर स्कट एडवर्ड्सले विश्वकप आफ्नो कप्तानीमा टोलीलाई अघि बढाउनुहुनेछ । नेदरल्याण्ड्सले आगामी ४ जुनमा नेपालसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

विश्वकप खेल्ने नेदरल्याण्ड्सको टोलीमा स्कट एडवार्ड (कप्तान) आर्यन दत्त, बास डे लिड, डानियल डोराम, फ्रेड क्लासेन, काइल क्लेन, लोगान भ्यान बेक, म्याक्स ओ डाउड, माइकल लेविट, पल भ्यान मिकरेन, साइब्राण्ड एंगलब्रेच, तेजा निदामानुरु, टिम प्रिन्गल, विक्रम सिंह, भिव किङग्मा, वेस्ली ब्यारेसी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *