कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएपनि कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको हो ।

कांग्रेस संसदीय दलको जारी बैठकले यसबारे औपचारिक निर्णय गर्ने छ ।

आज दिउँसो तीन बजे बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरुलाई आज बिहान बालुवाटारस्थित निवासमा बोलाएर सहकारीका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै संसद अवरोध नगरिदिन आग्रह गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?