दुर्गा प्रसाईँको आन्दोलनमा सहभागी आचार्य श्रीनिवास गौशालाबाट पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ अभियानको प्रशर्दनबाट विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।

सोमबार धर्मगुरुको अगुवाईमा काठमाडौंस्थित गौशालामा आन्दोलन शुरु भएको हो । गौशालामा भएको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पनि उपस्थित थिए । उग्र अभिव्यक्ति दिएका कारण श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रसाईँको आव्हानमा आज गौशालामा धार्मिक अभियान्तासहितको जुलुश निकालिएको थियो । त्यसमा आचार्य श्रीनिवास पनि सहभागी भएका थिए ।

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासले पटकपटक धर्मको विषयमा उत्तेजक अभिव्यक्ति दिँदै आएका व्यक्ति हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?