काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकमा आर्थिक स्थिरता हुनको लागि बैंकिङ प्रणाली सुरक्षित र सबल हुन आवश्यक रहेको बताउनुभएको छ ।
गभर्नर अधिकारीले बैंकहरु नबँचे भने सर्वसाधरणको निक्षेप बच्न नसक्ने भन्दै अर्थतन्त्र स्थिर र चलायमान हुनको लागि बैंकिङ प्रणाली सुरक्षित हुन जरुरी रहेको बताउनु भयो । गभर्नर अधिकारीले सोमवार अर्थसमिति बैठकमा बोल्दै बैंकिङ प्रणालीलाई बचाउँदै सर्वसाधरणहरुको वचतलाई सुरक्षित बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनु भयो । उहाँले बैंकिङ प्रणाली (बैंक) नबँचे मुलुकमा आर्थिक संकट आउने दाबी गर्नुभयो । उहाँले त्यसैले आर्थिक स्थिरताको लागि बैंकिङ प्रणाली धराशायी हुन नहुने जिकिर गर्नुभयो ।
उहाँले बैंकिङ प्रणाली सुरक्षित र सबल हुनको लागि बैंकहरुकाले न्युनतम नाफा कमाउन आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय बजारमा बैंकहरुले धेरै नाफा कमाए भन्ने गलत प्रचार भएको भन्दै राजनीतिक नेता लगायत सर्वसाधरण सबै त्यो भ्रमबाट बाहिर आउनुपर्ने बताउनु भयो । गभर्नर अधिकारीले नाङ्गो आँखाले बाहिर देखे जस्तो बैंकहरुले नाफा नकमाएको दाबी गर्नुभयो । उहाँले बैंकहरुको अहिले नाफा ८.५ प्रतिशत भन्दा बढी नभएको भन्दै नाफानिरन्तर घटेर गइरहेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालका बैंकहरुलाई विश्वका अन्य देशहरुको भन्दा धेरै नियममा राष्ट्र बैंकले बाधेको स्वीकार गर्नुभयो । उहाँले नेपालका बैंकहरुलाई अन्य देशको भन्दा बढी नियमन गरेको पाउने बताउनु भयो । उहाँले बैंकहरुले ४ प्रतिशत सम्मको सर्भिस चार्जलाई राष्ट्र बैंकले तोकेर बैंकहरुले ०.७५ र माइक्रो फाइनान्समा १.५ भन्दा बढी लिन नपाउने व्यवस्थाले पनि बैंकहरुको नाफा कम हुँदै गएको उल्लेख गर्नुभयो । उहाँले पाँच वर्षअघि बैंकहरुको नाफा ६७ अर्ब रहेकोमा पछिल्लो समय वार्षिक रुपमा ६० अर्ब पनि पुग्न छाडेको बताउनु भयो ।
उहाँले पाँच वर्ष भन्दा अघि बैंकहरुको ३० खर्बको पोर्टफोलियो बढेर ५१ खर्ब पुग्दा नाफा बढ्नुपर्नेमा उल्टो रुपमा घट्दै गएको बताउनु भयो । उहाँले बैंकहरुले आफूखुशी कमाइरहेका छन् भन्ने कुरा गलत भएको भन्दै राष्ट्र बैंकले स्पेड दर समेत तोकेको बताउनु भयो । उहाँले बैंकले निक्षेपकर्तालाई दिने र आफ्नो ऋणबाट लिने ब्याजको अन्तर ४ प्रतिशत भन्दा बढी हुनुनहुने व्यवस्था गत वर्षदेखि लागू गरेको बताउनु भयो ।
उहाँले बैंकहरु प्रति विश्वास रहेन भने मुलुकको अर्थतन्त्र नै अस्थिर हुने खतरा रहेको बताउनु भयो । उहाँले बैंकहरु माथि सर्वसाधरणको विश्वास कायम राख्न पनि बैंकहरु सुरक्षित,सबल हुन जरुरी रहेको बताउनु भयो। उहाँल सबैको बैंक माथि विश्वास भएर सबै सम्पती बैंकमा राखिएको भन्दै बैंकिङ उद्योग कोल्याप्स भयो भने सबैको विश्वास लुज हुने बताउनु भयो । बैंकहरुको क्यापिटलको वेस ठूलो भएकाले अर्ब रुपैयाँ कमाउँदा पनि धेरै फिगरमा देखिएको गभर्नर अधिकारीको भनाई छ ।
उहाँले भन्नुभयो,‘बैंकहरुको सुरक्षा के हो कति सबल छन् । सर्वसाधरणको बैंकहरु माथि विश्वास रहन्छ वा रहँदैन भन्ने बाहिर प्रश्न आइरहेको छ । बैंकहरु प्रति विश्वास रहेन भने मुलुकको अर्थतन्त्र नै अस्थिर हुन जान्छ । बैंकहरु माथि सर्वसाधरणको विश्वास कायम राख्न पनि बैंकहरु सुरक्षित,सवल हुनुपर्छ । त्यसको लागि न्युनतम बैंकहरुलाई नाफा हुनुपर्छ । बैंकहरुले निरन्तर कमाउनुपर्छ । कमाई कम हुनुहुँदैन । न्युनतम कमाई हुनुपर्छ । हामी सबैको निक्षेप बैंकमा नै छ । सबैको बैंक माथि विश्वास भएर सबैको सम्पती बैंकमा राखिएको हो । भोलि त्यो बैंकिङ उद्योग कोल्याप्स भयो भने हामी सबैको विश्वास लुज हुन्छ । बैंकहरुलाई कसरी हुन्छ हामीले बचाउनुपर्छ । तर ग्राहकलाई बचाउने काम बैंकहरुको हुन्छ । बैंकहरुले धेरै नाफा कमाए भन्ने बाहिर गलत हल्ला भइरहेको छ । बैंकहरुको क्यापिटलको वेस ठूलो भएकाले अर्ब रुपैयाँ कमाउँदा पनि धेरै फिगरमा देखिएको हो । बैंकहरुको अहिले रिर्टन अन इकुटी ८.५ प्रतिशत भन्दा बढी छैन । निरन्तर घटेर गइरहेको छ । बैंकहरुलाई विश्वका अन्य देशहरुको भन्दा धेरै नियममा राष्ट्र बैंकले बाधेको छ । अन्य देशमा सबैभन्दा कम पाउनुहुन्छ । ४ प्रतिशत चार्ज लाग्ने ठाउँमा अहिले राष्ट्र बैंकले तोकेर ०.७५ भन्दा बढी लिन पाउँदैन । माइक्रो फाइनान्समा १.५ भन्दा बढी लिन पाउँदैन । त्यसले गर्दा बैंकहरुको नाफा कम हुँदै गएको छ । म गभर्नर भएर आउँदा बैंकहरुको नाफा ६७ अर्ब थियो । अहिले वार्षिक रुपमा ६० अर्ब पुग्दैन । त्यो बेलामा बैंकहरुको ३० खर्बको पोटफोलियो थियो । अहिले बढेर ५१ खर्ब भइसक्यो । ३० खर्बबाट ५१ खर्ब हुँदा नाफा बढ्नुपर्ने हो तर उल्टै घटेको अवस्था छ । बैंकहरुले आफूखुशी कमाइरहेका छन् भन्ने होइन । राष्ट्र बैंकले स्पेड दर तोकेका छौं । बैंकले निक्षेपकर्तालाई दिने र आफ्नो ऋणबाट लिने ब्याजको अन्तर ४ प्रतिशत भन्दा बढी हुनुहुँदैन भनेर गत वर्षदेखि लागू गरेका छौं । बैंकको ब्याज बढ्यो निक्षेपकर्ता नाफा कमायो । ब्याज घट्यो कर्जा लिनेले सुविधा पायो । बैंकले पाउने ४ प्रतिशत हो । बाहिर हेर्दा नाङ्गो आँखाले देखेजस्तो विषय यो होइन । बैंकहरु बाचेन्न भने सर्वसाधरणको निक्षेप बच्दैन । निक्षेप जसरी पनि बचाउनु पर्यो । बैंक बँचेन भने आर्थिक संकट हुन्छ । त्यसबाट हामी जोगिनु पर्यो । त्यसैले आर्थिक स्थिरताको लागि बैंकिङ प्रणाली धराशायी हुनुहुँदैन । बैंकिङ प्रणाली धराशायी नहुनको लागि बैंकहरु सुरक्षित र सवल हुनुपर्यो । त्यसको लागि बैंकहरुको नाफा न्युनतम भन्दा माथि हुनुपर्छ । पछिल्लो समय बजारमा बैंकहरुले धेरै नाफा कमाए भन्ने गलत प्रचार भएको छ । त्यसबाट हामी सबै बाहिर आउनुपर्छ ।’
उहाँले बैंकहरुले व्यवसायीहरुलाई कर्जाको किस्ताको रिस्टक्चरिङ दिएको तीन पटकसम्म सुविधा दिएको बताउनु भयो । उहाँले त्यो सुविधा हुँदाहुँदै पनि बैंकका ऋणहरुलाई जोगाउनको लागि राष्ट्र बैंकले पुनःसंरचना र पुनःतालिकिकरण बारम्बार दिएको बताउनु भयो । उहाँले बैंकलाई सधैँभरी यो सुविधा दिइराख्दा भविष्यमा अर्को खालको अफ्ठ्यारो आउने खतरा रहेको उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच