
काठमाडौं । निओ मनि ट्रान्सफरको ब्राण्डदूतमा गायक प्रकाश सपुत नियुक्त हुनुभएको छ । सपुतसँगको सहकार्यले नेपालमा र विदेशमा रहेका नेपालीका लागि निओ मनि ट्रान्सफरको छिटो, भरपर्दाे, सुलभ र सुरक्षित रेमिट्यान्स सेवाका साथै वित्तीय समावेशीकरण प्रवद्र्धन गर्ने र चेतना जगाउने कम्पनीको विश्वास रहेको छ । निओ मनि ट्रान्सफरबाट विदेशमा रहेका नेपालीले डिजिटल माध्यमबाट पठाएको पैसा केही सेकेण्डमै बैंक खाता (लघुवित्त र सहकारीसहित) तथा वालेटमा प्राप्त गर्न सकिन्छ ।
त्यसैगरी पारम्परिक माध्यम, नगद भुक्तानीबाट पठाइएको पैसा पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका शाखाबाट सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ब्राण्डदूतमा प्रकाश सपुतको नियुक्ति रेमिट्यान्स व्यवसायका सन्दर्भमा निओ मनि ट्रान्सफरलाई सामान्य घरपरिवारको नामका रूपमा चित्रण गर्ने रणनीतिक कदम हो ।
सो अवसरमा निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भन्नुभयो, ‘रेमिट्यान्स सेवा सबै नेपालीका लागि थप किफायती र पहुँचयोग्य बनाउने हाम्रो लक्ष्य प्रवद्र्धनका लागि प्रकाश सपुतसँग साझेदारी गर्न पाउँदा हामी निकै रोमाञ्चित छौँ । प्रकाश सपुत धेरैका लागि प्रेरणा हुन् र हामी विश्वास गर्छौं कि यो साझेदारीले हाम्रो दृश्यतालाई उल्लेखनीयरूपमा बढावा दिनेछ र हाम्रो सेवा अभैm लोकप्रिय बनाउनेछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच