काठमाडौं । एम्नेष्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले जेठ ३ देखि ११ सम्म दक्षिण एसियाली मुलुकहरूको भ्रमण गर्ने हुनुभएको छ । कालामारले नेपालसहित विभिन्न दक्षिण एसियाली देशहरूको भ्रमण गर्न लाग्नुभएको हो ।
उहाँले गृह युद्धमा जीवन गुमाएका हजारौँ नागरिकहरूको सम्झनामा जेठ ५ गते श्रीलंकामा हुने कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ । त्यस्तै, जेठ ११ गते काठमाडौंमा उहाँले नागरिक समाज, मिडिया, युवा लगायतसँग अन्तरक्रियात्मक संवाद गर्ने कार्यक्रम छ ।
कालामार अन्तर्राष्ट्रिय मानवअधिकार विज्ञ हुनुहुन्छ । अभिव्यक्ति स्वतन्त्रता क्षेत्रकी विज्ञ, नारीवादी र गैर नश्लवादी अभियन्ता कालामार सन् २०२१ मा एम्नेष्टीको महासचिव नियुक्त हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच