![शीतल निवासमा धान रोपाइँ कार्यक्रम आयोजना](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Ramchandra-Paudel-2.jpg)
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ ।
जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।
साे फैसला उल्टाउँदै उच्च अदालतले उनलाई निर्दोष ठहर गरेको हो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई सफाइ दिएको हो ।
गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।
उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।
मंगलबार र बुधबार दुवै पक्षको बहस पश्चात उनीहरु होटल प्रवेश गर्दा र निस्किँदाको सीसीटीभी फुटेज पनि हेरिएको थियो ।
त्यसपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।
उच्च अदालतको यो फैसलासँगै टी-२० विश्वकपमा सहभागी हुने सन्दीपलाई बाटो खुलेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच