पहिरोले सुदूरपश्चिमका तीन जिल्लामा जाने सवारी साधन अलपत्र

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

डडेलधुरा । सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्ला जाने सडक अबरुद्ध भएको छ ।

सुदूरपश्चिम प्रदेशलाई जोड्ने मुख्य मार्ग केआइसिंह राजमार्ग फेरि अवरुद्ध भएको हो । जसअनुसार तीन पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग अवरुद्ध हुन पुगे पछि सो सडक खण्ड हुँदै सञचालन भइरहेको सवारी साधान आवतजावत रोकिन पुगेको छ । सो सडक खण्ड पार गरेर जाने सवारी साधान अलपत्र परेको छ ।

डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका अनुसार डडेलधुराको गन्यापधुरा गाउँपालिका-२ स्थित रडुवामा पहिरो झरेका कारण राजमार्ग अवरुद्ध हुन पुगेको हो । उसका अनुसार शनिबार रातिदेखिको भारी वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ भने आइतबार बिहान पनि थप वर्षा भए पछि बन्द भएको राजमार्ग सुचारु गर्न अझै सकिएको छैन।

सो सडक खण्डमा राजमार्गको माथिबाट पहिरोले ढुंगा र रुखहरूसमेत बगाएर सडकमा ल्याएको छ । वर्षा नरोकिएको र पहिरो जाने क्रम अझै जारी रहेकाले सडक मर्मतको काम सुरुसमेत गर्न नसकिएको डडेलधुरा प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?