बेइजिङ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा-मुक्त प्रवेशको अनुमति दिने नीति लागू गरेको छ । राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार दुई विदेशी वा सोभन्दा बढी चिनियाँ ट्राभल एजेन्सीहरूद्वारा प्राप्त पर्यटक समूहहरूले सांघाई, तियान्जिन, ग्वाङ्झाउ, सान्यालगायत १३ चिनियाँ सहरका बन्दरगाहमार्फत बिनाभिसा चीन प्रवेश गर्न सक्नेछन् ।
चीनको बसाईमा १५ दिन रहने पर्यटकहरू त्यहाँ हुँदा, तिनीहरूले तटीय प्रान्तहरू, नगरपालिका र स्वायत्त क्षेत्रका साथै बेइजिङ भ्रमण गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । यसैगरी, सात क्रुज पोर्टहरू, डालियान, लियानयुंगाङ, वेनझोउ, झोउसान, ग्वान्झाउ, शेन्जेन र बेइहाईमा ५४ देशका नागरिकहरूका लागि भिसा-मुक्त ट्रान्जिट पोर्टका रूपमा तोकिएको छ । यस कदमले चीनको भिसा-मुक्त पारवहन नीतिअन्तर्गत क्रुज जहाजमार्फत बन्दरगाहहरूबाट विदेशी यात्रुहरूको पारवहन र प्रस्थानलाई सहज बनाउनेछ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच