काठमाडौं । भुक्तानीमा विश्वव्यापी अग्रणी संस्था भिजाले सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजरमा नियुक्त गरेको घोषणा गरेको छ । बंगलादेश र भियतनाममा बैंकिङ र भुक्तानीमा २७ वर्षभन्दा बढी अनुभवी सब्बीरले अब ढाका अफिसमा रहेको टोलीसँग तीन देशमा भिजाका लागि बजार सञ्चालनको नेतृत्व गर्नुहुनेछ ।
सब्बीर अहमदको नियुक्तिसँगै भिजाले बंगलादेश र भुटानसँगै नेपालको बजारमा आफ्नो नेतृत्व तथा प्रतिबद्धता दोहो¥याएको छ । नेपालका लागि बढ्दो गतिमा डिजिटल भुक्तानी अपनाउने क्रममा परिष्कृत भुक्तानी समाधान प्रस्तुत गर्नमा भिजाले निरन्तर ध्यान केन्द्रित गरेको छ । भिजाले देशमा कन्ट्याक्टलेस भुक्तानी सुरु गर्न महत्वपूर्ण भूमिका खेलेको छ, जसले उपभोक्तालाई आफ्नो भिजा कार्डमार्फत् अनलाइन किनमेल गर्न वा क्युआर कोड स्क्यान गर्न र भिजा कार्डमार्फत् भुक्तानी गर्न सहज बनाएको छ । भिजाले सब्बीरको बजार नेतृत्वमा दक्षिण एसियाभर डिजिटल भुक्तानी परिदृश्यमा आफ्नो वृद्धिलाई गति दिने लक्ष्य राखेको छ ।
भिजा इण्डिया र दक्षिण एसियाका ग्रुप कन्ट्री म्यानेजर सन्दीप घोषले भन्नुभयो, ‘हामी नेपाल, बंगलादेश र भुटानका लागि सब्बीर अहमदलाई कन्ट्री म्यानेजरका रूपमा स्वागत गर्न पाउँदा खुसी छौँ । सब्बीरको आफ्नो बलियो व्यावसायिक उपलब्धि, विविध बैंकिङ अनुभव र गहिरो बजार सम्बन्धले हाम्रो नेतृत्व बलियो बनाउने, व्यावसायिक उद्देश्य अघि बढाउने र भिजाका लागि दिगो विकासलाई प्रोत्साहन गर्नेछ ।’ सब्बीर अहमद स्ट्याण्डर्ड चार्टर्ड बैंक, बंगलादेशबाट भिजामा सामेल हुनुभएको थियो । जहाँ उहाँले वेल्थ एण्ड रिटेल बैंकिङको प्रबन्ध निर्देशक र प्रमुखका रूपमा काम गर्नुभयो । यसअघि बंगलादेश र भियतनाममा एचएसबिसीमा वरिष्ठ नेतृत्व पद सम्हाल्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच