काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालिबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई लक्षित गरी स्काई वाक टिकटमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा र वन्डर्स नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत कविन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।
सो अवसरमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रवद्र्र्धन अधिकृत रितेश अर्याल, बागमती प्रदेशका प्रमुख विनोदकुमार ढुंगेल र बैंक तथा वन्डर्स नेपाल प्रालिका वरिष्ठ अधिकारीको उपस्थिति रहेको थियो ।
Ani teta Jada debit card liyera Jane ho??