बागलुङ-शान्तिपुर सडक : १० महिनापछि काममा फर्कियो निर्माण व्यवसायी

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्तर्गत बागलुङ बजार देखि सिगना हुँदै शान्तिपुर जोड्ने सडकमा अहिले धमाधम काम भइरहेको छ । १० महिना सम्म ठप्प भएको सडक निर्माणको कामले कामले पुन तिब्रता पाएको हो । उक्त सडक खण्डअन्तर्गत सिगानामा सडक स्तरोन्नतीको काम धमाधम भइरहेको छ । रु. तीन करोड ३१ लाख भुक्तानी नपाउँदा गत वर्षको जेठमा काम छोडेर हिडेका निर्माण व्यवसायी १० महिना पछि काममा फर्केका छन् ।

गत वर्ष बोक्सेदेखि सिगाना वडा कार्यालयसम्म सडकको स्तरोन्नती गरेर फर्केको निर्माण कम्पनीले बक्यौता रकम भुक्तानी पाएपछि पुन काममा फर्केर वडा कार्यालयदेखि गोखोला सम्मको सडक चौडा बनाउने, नाली निर्माण गर्नेलगायतको काम धमाधम गरिरहेको छ ।

एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्तर्गतको उक्त सडक निर्माण शुरु भएको पाँच महिनामा ४० प्रतिशत काम सम्पन्न भएपनि आर्थिक दायित्व सृजना हुँदा काम छोडेर हिडेको थियो । निर्माण कम्पनीले सम्झौता अगावै सडक कालोपत्रे गर्नेगरी सडक स्तरोन्नतीलाई तिब्रता दिएपनि गत आर्थिक वर्षकै बक्यौता रकम भुक्तानी नहुँदा सडकको काम झण्डै एक वर्ष ठप्प भएको थियो ।

सम्झौता भन्दा पहिलै सडक कालोपत्रे सकिने गरी कामको प्रगती भएपनि भुक्तानी नपाउदा निर्माण व्यवसायी असार यता काममा फर्कन सकेको थिएन । ३२ महिनामा सक्ने काम डेढ वर्षमै सम्पन्न गर्नेलक्ष्यका साथ असार सम्म धमाधम काम गरेर आधारभूत पूर्वाधार निर्माण गरेपनि १० महिना निर्माण ठप्प हुदा समस्या भएको थियो ।

गत आर्थिक वर्षको रु. तीन करोड ३१ लाख भुक्तानी पाएपछि एक महिना यता सडक स्तरोन्नती संगै कालोपत्रका लागि आवश्यक पूर्वाधारको काम गरिरहेको सडक डिभिजन कायाृलय बागलुङका सूचना अधिकारी अमर अधिकारीले जानकारी दिनुभयो । सडक डिभिजन कार्यालय बागलुङ मातहतमा निर्माण भइरहेको उक्त सडक स्तरोन्नतीको कामले एक महिनादेखि तिब्रता पाएको अधिकारीको भनाई । दायित्व भुक्तानी गरेपछि काममा फर्केर सडक चौडा पार्ने र नाली निर्माण गर्ने काम भइरहेको अधिकारीको भनाई छ ।

“निर्माण व्यवसायीले कामलाई निरन्तरता दिन खोजेको थियो, हामीले भुत्तःानी नदिदा १० महिना ढिला भयो, अहिले मुक्तानी पाएपछि सिगानाको उपल्लो खण्डमा धमाधम काम भइरहेको छ, वर्खा नलाग्दै पूर्वाधारको काम सकिन्छ, वर्खापछि सडक ततकालै कालोपत्र गर्नका लागि निर्माण व्यवसायी तयारी छ” अधिकारीले भन्नुभयो “काम गरेको पैसा भुक्तानी दिन सकेमा सम्झौता अवधीमै उक्त सडक कालोपत्र सकिने छ ।”

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत पर्ने बागलुङ बजार-सिगाना-चापाखर्क-शान्तिपुर जोड्ने सडकको अहिले वडा कार्यालय देखि गोखोला सम्मको खण्डमा धमाधम काम भइरहेको छ । एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्र्तगत बागलुङ क्षेत्र नम्बर १ मा पर्ने बागलुङ बजार अदालत चौपारी-सिगाना-चापाखर्क-गाजाको दह हुँदै बरेङ शान्तिपुर जोड्ने सडकको हाल सम्म ४८ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।

१० किमि कालोपत्र गर्नका लागि रु. २९ करोड ३७ लाख ८८ हजारमा १५ महिना अघि मात्रै सम्झौता गरिएको थियो । निर्माणको जिम्मा पाएको कर्ण बिल्र्डसले १० महिनापछि काममा फर्केर धमाधम सडक निर्माणमा जुटेको बताउनुयभयो । उहाँले असार पछि सडक कालोपत्रको तयारीका लागि अहिले उपल्लो खण्डमा काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि सन्दिप श्रेष्ठले जानकारी दिनुभयो । बाँकी रहेको कामले तिब्रता पाएपनि थपकामको मुल्याङ्कन भने हुँन नसकेको उहाँको भनाई छ ।

“सडक डिभिजन कार्यालय बागलुङले गत आर्थिक वर्षमै काम गरेको बिलको तीन करोड ३१ लाख भुक्तानी दिएपछि एक महिना यता काममा फर्केका छौं, आन्तरिक मुल्याङ्कनमा थप पूर्वाधार निर्माण गर्न आवश्यक छ” श्रेष्ठले भन्नुभयो “सबैको सहयोग भएमा सम्झौता भित्रै सडक कालोपत्र गरेर बुझाउछौं ।“

उक्त सडकको बागलुङ नगरपालिका-३ बोक्सेदेखि वडा कार्यालय सम्मको ८ किमि सडक गत असार सम्म पूर्वाधार निर्माण सकिएको थियो भने अहिले वडा कार्यालय देखि माथिको २ किमि सडकमा कम भइरहेको छ ।

सडक चौडा पार्ने, नाली निर्माण गर्ने, पक्की पर्खाला, ग्याबिन जाली हाल्ने, कल्र्भट निर्माण गर्ने र सब बेस विछ्याउनेको र आधा दर्जन घुम्ती ढलान गर्ने कार्य सम्पन्न भइसकेको छ । सडक निर्माणको तिब्रताप्रति जनता समेत खुसी भएको स्थानीय लाल थापाले बताउनुभयो । सडक अलपत्र पर्ने डरमा रहेका हामीहरु पुन निर्माण व्यवसायी काममा फर्कदा खुसी मिलेको उहाँको भनाइ छ ।

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रेका २०७९ कात्तिक पहिलो साताबाट काम थालिएको थियो । बागलुङ बजार हुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा ८ किलोमिटर सडक कालोपत्रे गर्ने सम्झौता छ । उक्त सडक ३२ किलोमिटर लामो भए पनि अहिले सडकको सुरुबाट १० किलोमिटर सडक कालोपत्रे गर्नेगरी काम थालिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?