संसद् भवनअगाडि आफैँलाई आगो लगाएका आचार्यको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उपचारका क्रममा बुधबार बिहान ५ बजे उनको निधन भएको हो ।

घटनापछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आचार्यलाई भेट्नुभएको थियो । आफूले किन आत्मदाह गर्नुपर्यो भन्ने आफ्नो जीवन भोगाइको लामो अनुभव सामाजिक सञ्जालमा पोस्ट गरेर उनले शरीरमा आगो लगाएका थिए ।

आत्मदाहको उनको प्रयासको कारणलाई आफ्नो असफलताको कथाका रुपमा चित्रण गरेका छन् । पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।

आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?