कर्णालीमा जबरजस्ती करणीका मुद्दा बढ्दै

सांकेतिक तस्बिर

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । कर्णाली प्रदेशमा जबरजस्ती करणीका मुद्दा धेरै भएको पाइएको छ । उच्च अदालत सुर्खेतको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०।८१ मा पुनरावेदन तहमा एक सय ६४ मुद्दा जबरजस्ती करणीमा मात्र दर्ता भएका छन् ।

त्यस्तै, कर्तव्य ज्यान, सवारी ज्यान र ज्यान मार्ने उद्योगअन्तर्गत एक सय १३, लागुऔषध सम्बन्धी ५१, बाल तथा बहुविवाहका ४७ र सम्बन्ध विच्छेदका १६ मुद्दा पुनरावेदन तहमा दर्ता भएको उच्च अदालत सुर्खेतका वरिष्ठत न्यायधीश कृष्णलाल भट्टराईले जानकारी दिनुभयो ।

उनका अनुसार गतवर्ष सरी आएका एक सय ६० र नयाँ दर्ता भएका छ सय ८९ गरी कूल मुद्दा सख्या आठ सय ४९ रहेकोमा पाँच सय १८ फर्छ्याैट भएका छन् । तीन सय ३१ मुद्दा फर्छ्याैट गर्न बाँकी छन् । त्यस्तै, कैफियत प्रतिवेदनतर्फ ७६ मुद्दामा ६९ फर्छ्याैट भएको न्यायधीश भट्टराईले बताउनुभयो । रिट निवेदनतर्फ ८५ मुद्दामा ५२ फर्छ्याैट र ३३ बाँकी रहेकाछन् । समग्रमा वैशाख ३० गतेसम्म ७९ प्रतिशत मुद्दा फर्छ्याैट भएको अदालतले जनाइएको छ ।

अदालतको पञ्चवर्षीय रणनीतिक योजना अनुसार काम गरिएको जनाउँदै वरिष्ठ न्यायधीश भट्टराईले अन्यायमा परेका मान्छेहरुलाई महसुस हुने गरी न्याय सम्पादनका काम गरिएको बताउनुभयो । अदालतले सार्वजनिक सरोकारका मुद्दाहरु महत्वका साथ हेर्दै आएको उहाँको भनाइ थियो ।

अदालतका शाखा अधिकृत खेमराज तिमिल्सेनाले आव २०७७।७८ मा सात सय ३३,र ०७८।०७९ मा नौ सय ५८ र २०७९।८० मा नौ सय २२ मुद्दा संख्या रहेको अदालतका शाखा अधिकृत तिमिल्सेनाको भनाइ छ । जसमा मुद्दाको फर्छ्याैट क्रमशः ६४, ७४ र ८३ प्रतिशत रहेको उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?